विराटनगर : मोरङ प्रशासनले जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म बढाएको छ । चौथौं पटक थपिएको निषेधाज्ञाको समय भोली सोमबार राती १२ बजेसम्म थियो । जिल्ला प्रशासन कार्यालय मोरङले ७ दिन निषेधाज्ञा थपेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले निषेधाज्ञा थप गरेको जनाइएको छ ।

छिमेकी झापा र सुनसरी जिल्लाले पनि निषेधाज्ञाको अवधि बढाइसकेका छन् । मोरङसहितका यी तीन जिल्ला कोरोना संक्रमण सवैभन्दा धेरै भएका जिल्ला हुन् ।

कोभिड १९ को महामारीको दोस्रो लहर सुरु भएर निषेधाज्ञा लगाउन चर्को दवाव परेपछि मोरङ प्रशासनले पहिलो पटक बैशाख १८ गते राती १२ बजेदेखि लागु निषेधाज्ञा लगाएको थियो ।