मधेश टप डेस्क,

काठमाडौं । सामान्य अवस्थामा १० महिनादेखि १ बर्षसम्ममा नेपाल प्रहरीले जिल्लाका प्रमुखहरुको सरुवा गर्दैआएको छ ।

तर कोरोना महामारीमा १६ महिनासम्म पनि केही प्रहरी प्रमुखको सरुवा भएको छैन । ३ जिल्लाका एसपी १६ महिनासम्म पनि सरुवा भएका छैनन् ।

कोरोना कहरमा धेरै एसपीहरु सरुवा नहुने र हेडक्वाटरमै बसी परिवारसँगै रमाइरहेका छन् भने केहीलाई भने जिल्लामा महामारी नियन्त्रणको चटारो छ । कोरोनामा जिल्ला छाड्न नमल्निे भएकाले घरपरिवारसँग पनि महिनौंसम्म भेट नहुने अवस्था छ ।

सुनसरीका एसपी कमल थापा, नवलपरासी पश्चिमका अजय केसी र कैलालीका अनुपमशमशेर राणाको १६ महिनासम्म सरुवा भएको छैन । यी तीन जिल्लाका एसपीबाहेक बाँकेका एसपी ओमबहादुर रानाको सरुवा भएको पनि १४ महिना बितिसकेको छ

। कोरोना कहरमा जिल्लामा काम गर्न गाह्रो भएकाले अधिकांश प्रहरी अधिकृत काठमाडौंमै बस्न रुचाउने गर्दछन् । सामान्य अवस्थामा सरुवा हुन लुछाचुँछी हुने गरे पनि कोरोनामा जिल्लामा जान नपरे हुन्थ्यो भन्ने मानसिकता अधिकांश डीएसपी र एसपीमा छ ।

तीनै जिल्लाका एसपीले सरुवा गरिदिनका लागि पटक पटक भनसुन गरे पनि आइजीपी शैलेश थापा क्षेत्रीले उनीहरुको पुकारा नसुनेको स्रोतले बताएको छ ।आइजीपी थापाका पीए रमेश थापाले नै तीनै एसपीको सरुवा रोकेको आरोप छ ।

तीनै एसपी थापाकै ब्याची हुन् । एसपी हुनुअघिसम्म अनुपमशमशेर राणा पहिलो नम्बरमा रहे पनि पूर्व आइजीपी सर्वेन्द्र खनालले एसपी बढुवामा नवौं बािरयताका रमेश थापालाई १ नम्बरमा तानेका थिए । थापाले आफ्ना ब्याचीहरुलाई कोरोनामा जिल्लामै सास्ती दिनका लागि १६ महिनासम्म सरुवा हुन नदिएको आरोप छ ।

फिल्ड कमाण्डमा क्षमता नभएका थापा सधैं प्रहरी प्रधान कार्यालयमा हरेक आइजीपीको पालामा सचिवालयमा बसी चाकरी र चाप्लुसी गरी सधैं नजिक हुने गरेका छन् । एसपी थापा इन्स्पेक्टर हुँदा दरबारमार्ग, डीएसपी हुँदा गोर्खा बाहेक जिल्लामा कामै नगर्ने अधिकृतका रुपमा प्रहरीमा चिनिन्छन् ।