• नरेन्द्र महताे

गौशाला ।  मधेश टपमा पटक पटक धेरै समय  दिन देखि यस सडककाे वारेमा न्युज सम्प्रेसन भएकाेले त्यसकाे प्रभाव परेका छन।

महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित गाैशाला अाैरही ,विजलपुरा तथा भंगहा संडक खण्ड अन्तर्गत निगाैल चाैक देखि मडहा पुल चाैक सम्म अर्थात १ कि. लि.मिटर कालाे पत्र निर्माण व्यवसायि तिरुपति वाला जी ले माप द्णड विपरित सडक बनाई रहेकाे समयमा स्थानिय द्वारा अवरुध गरिएका थिए।

सडक संघीय सरकारकाे स्टिमिट बजेट १ कराेड ४७ लाख ५८ हजार ९७ रु. मध्ये वाट भ्याट कटा गरी ९२ लाख ५३ हजार ९ सय ४ रु.मा तिरुपति वाला जी ले २०७७/४/४/ गते सम्झाैता गरेका थिए।तर विभिन्न कारणले समयमा सडक बनाउन नसकेकाे ठे.जगदिस यादवले स्वीकार गरे ।तर अषाठ मसान्त सम्म बनाउन सकेन भने कानुन अनुसारकाे कार्वाई सहन तयार रहेकाे उनले स्पष्ट पारे ।

सडक बनाउँदा त्रिटि पुर्ण भएकाे स्वीकार गरिदै र त्यसलाई स्टिमिट अनुसार बनाउने सडक डिभिजन कार्यालय जनकपुरका सहायक ई.बृज किसाेर गिरिले स्पष्ट पारे जाे सडककाे माप दण्ड र स्टिमिट छ त्याे अनुसार बनाउने भने पछि सहमति जुटेका छन। सडककाे चाैडाई ८ मिटरकाे भए पनि कालाे पत्रि ६ मिटर हुने र दुवै साईड बाट एक एक मिटर ग्रेवल गरिने जनाएका छन।

सडक अवरुध भएकाे थाहा पाए पछि प्रदेश न.२ काे सभासद भरत प्रसाद साहकाे पहलमा सहायक ई.वृज किशाेर गिरि,ठेकेदार जगदीस प्रसाद यादव, गाैशाला उधाेग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह तथा स्थानिय नेता सुरेन्द्र महताे,संजिव चाैधरी,युवा स्थानिय नेता विजय कुमार साह र पत्रकारहरुकाे राेहवरमा छलफल गरी सहमित भएका छन ।अव सडक चाँडै बन्ने सम्वन्धित पक्षले अस्वासन दिएका छन।