• विसुन देव सरदार

सिराहा/लहान : सिरहाको दक्षिणी सिमावर्ती बरियारपट्टी नाका भएर आवतजावत गर्नेको बढ्दो मात्रामा देखिएको छ। हिजोआज भारतीय बजार लदनियाँ दिनभर प्रशस्त मात्रामा खुलेको देखिएको छ।

भारतीय बजार लदनियाँ खुलेपछि बरियारपट्टी नाका भएर आवतजावत गर्नेको घुइँचो देखिएको छ।
सिमानाका बोर्डरमा नेपाली रुपैयाँको केही अौचित्य नराखेको छ। १०००/- नेपालीको ६००/- भारु बनाइरहेको छ।
नेपाली अर्थात छिमेकी पालिकाका सर्वसाधारण अहिले एकजुट भएर खाद्यान्न सामग्री खरिद गर्नेको बजारमा घुइँचो समेत देखिएको छ।
लदनियाँमा पसल , बैंक , यातायातका साधनहरुमा कुनै रोक नरहेको प्रत्यक्ष देखिएको छु।
यता सशस्त्र प्रहरी बल नेपाल बियोपि बरियारपट्टीले नाकामा जनतालाई कुट्ने , साइकलको हावा निकालि दिने , दौडाएर मानवीय जीवनको रक्षा गर्नुको सट्टा जीवनलाई मृत्युसम्म पुर्‍याई रहेका छन। सरकारले लकडाउन गर्नुभन्दा पुर्व कालोबजारी रोक्नु पर्ने जनगुनासो आइरहेका छ।
नेपाली बजारमा ह्वावातै कालोबजारी देखेर भारतीय बजार पुग्दा पनि अवस्था जटिल नै देखिन्छ । नाकाहरुमा प्रहरीको गस्ती सुस्त देखिएको छ। कोरोना नियन्त्रण देखिए पनि प्रशासन टाइट नै देखिएको छ।

उता खाद्यान्न सामाग्री नपाएर जीवन काट्न धो – धो रहेको छ।