महेश टप डेस्क,

जनकपुरधाम :  मान्छे हरेक जना लामो समय सम्म स्वस्थ्य जीवन जिउन चाहन्छन् । औसत मानिसहरु ६० देखि ९० वर्ष भित्र मृत्युको शिकार हुन्छन् । अझ गरीब देशहरुमा त ५० वर्ष हाराहारी पुगेपछि बुढो भईयो, आयु सकिन लाग्यो भन्ने चलन छ । विकसित देशमा औसत आयु बढी नै छ ।

यस्तोमा अहिले कोरोना महामारीका बीच पनि ईजरायलका एक वैज्ञानिकले मानिसको आयु बढाउन नयाँ अनुसन्धान गरेका छन् । उनको अनुसन्धान रिपोर्टका अनुसार प्रोटिनको सहायतामा मानिसको आयु सामान्यतया १२० वर्ष सम्म पुर्याउन सकिन्छ ।

मान्छेलाई लक्षित गरेर शुरु गरिएको यो शोधमा प्रारम्भमा मुसामा परीक्षण गरिएको छ । २५० मुसामा गरिएको परीक्षणमा मुसाहरुको जीवन २३ प्रतिशतले वृद्धि भएको पाईएको छ ।

एसआईआरटी सिक्स नामक प्रोटिनको आपुर्ति बढाएर आयु लम्ब्याउन सकिने पाईएको छ ।
जर्नल नेचर कम्युनिकेशनमा प्रकाशित रिपोर्ट अनुसार प्रोफेसर हेम कोहेनले प्रोटिनको आपुर्ति बढाएर मानिसको जीवन १२० वर्ष सम्म सामान्य रुपमा बाँच्न सकिने बताउन सक्ने बताए ।
उनका अनुसार आउने तीन वर्ष भित्र मानवमा सफलतापुर्वक यस्तो प्रोटिन आपुर्तिका लागि परीक्षण गर्न सकिने अवस्था रहेको छ ।

साभार : मिरमिरे अनलाइन बाट