काठमाडौं (मधेश टप): पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको साथी सुबु केसी कोरोना महामारी राहतमा ठगी गरेको आरोपमा अमेरिकाको भर्जिनिया संघिय अभियोजनकर्ताले ठगीमा कारवाही थालेको छ ।

सुबु केसी भनिने सानुप्रताप केसीलाई अमेरिकी सरकारले २ लाख ३० हजार अमेरिकी डलर जरिवाना गरेको हो । फरक फरक कम्पनीबाट राहतका निकाल्ने अमेरिकाको भर्जिनियामा लगानी कम्पनी सञ्चालन गर्दै आएका सुबु केसी भनिने सानुप्रताप केसीले २ लाख ३० हजार ४१४ अमेरिकी डलर तिर्नु पर्ने भएको हो।

May be an image of 2 people, people sitting and indoor

उनले सन् २०२० अप्रिलमा प्यारोल प्रोटेक्सन प्रोग्रामबाट सञ्चालनमा नभएको कम्पनीबाट रकम निकालेका थिए। सो कार्यक्रम कोरोनाबाट प्रभावित साना उद्योगका लागि अमेरिकी सरकारले सञ्चालन गरेको थियोे ।

केसीले आफ्नो कम्पनीले पटक पटक ऋण नलिएको दावी गर्दै आएका थिए। तर सबै रकम उनकै ब्याङ्क खातामा गएको थियो। केसीले ३० दिनभित्र सो रकम चुक्ता गर्नु पर्ने छ।

केसीले अमेरिकामा रहेका नेपालीहरु सहितको लगानीमा केसी इन्भेष्टमेन्ट इन्क जस्ता थुप्रै कम्पनी खोलेका छन् । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अवधिमा केसी नेपालमै बसेका थिए ।

केसी र खनाल बाल्यकालदेखिका साथी हुन् । उनी महानिरीक्षक हुँदा केसी नेपालमा छायाँ आइजीपी र खनालका लगानी पार्टनरका रुपमा चर्चित थिए ।