जनकपुरधाम २१ जेष्ठ

अर्थ राज मधेश टप: प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामका विभिन्न अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित विरामीले सहजै खाना पाउने अवस्था नभएपछि महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले २९ दिनदेखी निरन्तर निःशिल्क खाना खुवाउदै आइरहेको छ ।

भोकले कसैलाई ज्यान नगुमाउनु परौस भन्ने मुलनाराका साथ महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले कोरोना संक्रमित र अन्य विरामसहित कुरुवाहरूलाई निःशुल्क खाना खुवाउने अभियान चलाएको हो।

महामारी नियन्त्रण तथा व्यवस्थापन समितीका सदस्य सलामत राइनले भने, ‘अहिले निशेधज्ञाको अवस्था छ , एक त मानिसहरूसंग रोजगारी छैन त्यसमाथी अस्पतालमा भर्ना भएकालाई त आर्थिक स्रोत जुटाउन झैनै अप्ठ्यारो हुन्छ’ उनले बताए ।

Open Photo

महामारी नियन्त्रण र व्यवस्थापन समितिले जनकपुरधाममा आज २९ दिनदेखी विभिन्न अस्पतालमा रहेका विरामि ,कुरुवाहरूलाई निःशुल्क खाना वितरण गरिदै आइरहेको छ ।

प्रत्येक दिन २ सय ७५ जना भन्दा बढी विरामी र कुरुवाहरूलाई खाना खुवाउदै आएको छ । अहिले सम्म जम्मा ४ हजार भन्दा बढी विरामी र कुरुवाहरूलाई निःशुल्क खाना वितरण गरको महामारी नियन्त्रण तथा व्यवस्थापन समितिले बताएको छ ।

हामी खाना पुर्याएका हस्पिटल हरू स्थान हरू १.करिहिया बस्ती २.करोरबा बस्ती ३.कव्या हस्पिटल ४.राम मन्दिर ५.प्रदेशिक अस्पताल आफ्नो ज्यानको प्रवाह नगरी दिन रात कोरोना संक्रमित र कुरुवाहरूको खाना खुवानुमा व्यस्त रहेका हुन्।

महामारी नियन्त्रण तथा व्यवस्थापन समितीका सदस्य सलामत राईन, कैयुम राइन, मनिशा शाह, वसन्त साह, अकाश साह, अभिषेक झा, सिबेन्द्र कुमार साह,अशोक साह, साहसमेत रहेको छन।