नरेन्द्र महताे मधेश टप:

महोत्तरी/ गाैशाला : केहि दिन देखि गाैशाला क्षेत्रका ग्रामिण भेगमा विधुत सप्लाईमा कठिनाई उत्पन्न भएकाेले महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकाका ग्राहक वर्गहरुमा असुविधा उत्तपन्न भएकाेमा स्थानियहरुले गुनासाे गरेका छन ।

हुरि बतास अाएकाे समयमा विधुत सप्लाई बन्द गर्नु राम्राे पक्ष भए ता पनि अन्य समयमा छिन छिनमा वत्ति अाउनु र जानुले निकै अप्ठायाराे परेकाेमा गुनासाे गरेका छन ।यति ग्रमि माैसममा विधुत अवराेध हुनु विधुत प्राधिकरण वितरण केन्द्रका कर्मचारीहरुकाे लापरवाहि भएकाे कारण भएकाे उनिहरुकाे अाराेप रहेका छन ।

वर्षा भए, नभए,हुरी बतास अाए नअाए वत्ति अाउनु ,जानु लापरवहि भएकाे उपभाेक्ताहरुकाे भनाई छ ।हामिहरुले समय समयमा विधुत महसुल तिर पनि विधुत अवरुध भएकाेमा कष्ट भाेग्नु परेकाे हुन्छ उनिहरुले जनाएका छन तर लाईन कटेकाे समयमा विधुत प्राधिकरण वितरण केन्द्र गाैशालामा 9854031562मा फाेन गरेर साेध्दा खेरि कर्मचारीले घमण्डमा कुरा गरेकाे र माेवाईलकाे लाईन पनि काटेकाेमा ग्राहकहरुले असन्तुष्टि जनाएका छन ।

अता जति ग्राहकहरुकाे विधुतकाे माँग छ त्याे भन्दा वढि विधुत उत्पादन भईरहेकाे गाैशाला वितरण केन्द्र ३३/११ के. भि.अाैरही सव स्टेसन कार्यालयका प्रमुख कृष्ण विहारी सिंहले जनाएका छन ।

दुई दिन यता व्रेकरमा समस्या अाएकाे कारण दुई दिन केहि घण्टा विधुत सप्लाईमा बन्द भएका थिए।यहाँ १६ MVA क्षमताका दुई वटा १२.८ र ९.६ मेगावार्डका मसिन रहेका छन ।

जस मध्ये बाट १२ MVA( मेगा भाेल्ट एम्पियर)मात्र ग्राहकहरुकाे माँग रहेका छन ।याे सव स्टेसन बाट कहिले काहि विधुत अवरुध कर्मचारीहरुकाे लापरवाहिकाे कारण नभएर प्राविधिक कारणले भएकाे सिंहले दावि गरेका छन ।

अहिले काेराेनाकाे कारण कर्मचारीहरु ग्रामिण क्षेत्रमा नगएकाेले कति पय ग्राहकहरुले त्यसकाे माैका छाेपि हुडिगं प्रयाेग गरेकाे र कति ठाउँमा बाँस र रुखकाे ठाडहरु तारमा छुएकाे कारण पटक पटक विधुत सप्लाई बन्द हुने गरेकाे सिंहले स्पष्ट पारेका छन ।