मधेश टप डेस्क,

काठमाडौँ :  गत फागुण २३ गते सर्वोच्च अदालतले पूर्व एमाले र माओवादी केन्द्र व्युताईदिएपछि माओवादी छाडेर एमाले प्रवेश गरेको बादल समुहलाई यस पटक मन्त्रीमण्डल विस्तारमा समावेश गरिएन ।

बादलको नेतृत्वमा टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणिचन्द्र थापा, गौरी शंकर चौधरी र दावा तामागं मन्त्रीको शपथ लिएर एमालेमै रहने घोषणा गरेका थिए ।
तर एकातिर माओवादीले कार्बाही गर्दै सांसद पद गुमेका उनीहरु अन्ततः सर्वोच्च अदालतको आदेश अनुसार जेठ ६ गते मन्त्रीबाट पदमुक्त भए ।

पदमुक्त भएपछि पनि उनीहरु पुनः नियुक्तिको लविगं गर्दै क्वार्टरमै बसिरहेका थिए । स्रोतका अनुसार न्युनतम ५ मन्त्रालयका लागि वादल समुहले लविगं गरेको थियो । तैपनि दुई देखि ३ मन्त्रालय पाउने ओलीको आस्वासन थियो । तर १८ औं पटक मन्त्रीपरिषद् विस्तार गर्दा समेत यो समुहलाई ओलीले स्पेस दिएनन् ।

मन्त्री हुन लविगं गरीरहेका वादल समुहका नेता कार्यकर्ता अहिले भने मन खिन्न पारेर बसेको एक नेताले दाबी गरे । तर अझै पनि केही दिन भित्र केही दिन सक्छ कि भन्ने आशा राखेपनि लविगं गरे अनुसार, आशा र अपेक्षा अनुसार ओलीले संवोधन नगर्दा यस समुहबाट एमालेमा गएकाहरुको मन खिन्न हुन थालेको नाम उल्लेख नगर्ने शर्तमा एक नेताले बताए ।
उनीहरुले माओवादी छाड्दा एकातिर सांसद पद् गुम्यो । ६ वर्षका लागि राष्ट्रिय सभामा चुनिएका बादल तीन वर्षमै राष्ट्रिइ सभाबाट पनि बाहिरिनु पर्यो, मन्त्री पनि बन्न पाएनन् ।