मधेश टप डेस्क,

लहान । उपभोक्तालाई ठगि गरिएको आरोपमा सिरहाको लहान नगरपालिका स्थित एक पेट्रोल पम्पलाई सिल गरिएको छ।
लहान नगरपालिका- २३ गाढास्थित लक्ष्मी जी ट्रेडर्स पेट्रोल पम्पलाई सिल गरिएको हो ।

गुणस्तर तथा नाप तौल कार्यालय विराटनगर तथा ईलाका प्रहरी कार्यालय लहानको संयुक्त अनुगमन टोलीले मापदण्ड विपरित कम मात्रामा डिजेल र पेट्रोल वितरण गरी उपभोक्तालाई ठगि गरिएको आरोपमा सिल गरिएको छ ।

टोलीले सो पम्पको डिजल हाल्ने मिटर रिडिङले कम मात्रामा तेल दिने गरेको पत्ता लागेपछि उक्त पम्प सिल गरिएको छ । साथै पेट्रोल पम्प सञ्चालकलाई अनुसन्धान तथा आवश्यक कार्वाहीको लागि सो कार्यालयमा आवश्यक कागजातसहित तीन दिनभित्र उपस्थित हुन पत्र काटेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक शालीग्राम शर्माले जानकारी दिए ।

सो अनुगमन टोलीले लहानस्थित बालाजु ट्रेड सेन्टर, बजरंग तेल बिक्री, फुलबारी आयल स्टोर र श्री लक्ष्मी जि ट्रेडर्स पेट्रोल पम्पको समेत अनुगमन गरेको जनाइएको छ ।