मधेश टप डेस्क,

बिरगंज : बिरगंज कपडा बैंकले आज सोमबार बिहान लगातार छैठो दिन पनि खाद्यान्न राहत एवम मास्क बितरण गरेको छ ।

बिरगंज कपडा बैंक का संयोजक बृजेश्वर चौधरी को नेतृत्व मा पर्सा जिल्लाको जगरनाथपुर गा.पा.वडा न. ३ खेखरिया टोल मा अति बिपन्न असहायहरु बिच १५ किलो को दरले ३१ घर परिवार लाइ कूल ४ क्विन्टल ६५ किलो चामल खाघान्न सामग्री एवम २५० पीस मास्क पनि बितरण गरेको छ ।

सो अवसरमा समाजिक अगुवा शहरुम राउत गदी लगायत स्थानिय हरुको उपस्तिथि रहेको थियो ।

खादान्न सहयोग कार्यक्रम निरन्तर जारी रहने संयोजक चौधरिले बताउनु को साथै सहयोगी हातहरुलाइ मुरि मुरि धन्यवाद पनि दियेका छन ।