सर्लाही, जेठ २५ गते

मधेश टप:  सर्लाहको बागमती नगरपालिका–३ धरहरामा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।
स्थानीय कृष्ण उप्रेतीको वंगुरपालनको लागि खोर बनाउने क्रममा मजदुरी गर्ने बागमती नगरपालिका–२ घर भएका ३३ वर्षीय हरिकृष्ण मण्डलको मृत्यु भएको हो ।

खोरको छाना छाउने क्रममा जस्ता पत्ता उचाल्दा गाउँमा विद्युत वितरणका लागि ल्याईएको ११ हजार भोल्टको तारमा छोएपछि मण्डल गम्भीर घाईते भएका थिए ।

हरिवनको सुखेपोखरीस्थित सर्लाही जिवन अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।