विराटनगर (मधेश टप): विराटनगरमा गाडीभित्र बेहोस अवस्थामा भेटिएका जलस्रोत तथा सिचाइ विकास डिभिज कार्यालय सुनसरीका सवारी चालकको मृत्यु भएको छ ।

उदयपुरको बेलका नगरपालिका घर भइ विराटनगरको पुष्पलाल चौकमा डेरा गरि बस्दै आएका ३८ वर्षिय राजु ढकालको गाडीभित्रै मृत्यु भएको हो ।

ढकाललाई प्रहरीले विराटनगर ३ बाट मंगलबार दिउँसो बेहोस अवस्थामा फेला परेको थियो ।

प्रहरीले ढकाललाई उद्धार गरि नोबेल शिक्षण अस्पतालमा उपचारको लागि पु¥याए पनि पु¥याउने बितिक्कै चिकित्सकले चालक ढकाललाई मृतक घोषणा गरेको थियो ।