• बिपिन यादब

कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका छन् ।

सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलायन्स फन्डले नेपाल प्रहरीलाई दिएको उक्त अक्सिजन कन्सन्ट्रेटर एसपी चतुर्वेदीले महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर कञ्चनपुरका मे.सु.डा.हरि कुमार श्रेष्ठ र अस्पताल व्यवस्थापन समितिका सदस्य कौशिला ओझालाई आज हस्तान्तरण गरका हुन् ।

आपत विपद्‍को समयमा मानवीय सेवा महत्वपूर्ण हुने र सो प्रहरी सेवाको दायित्व समेत रहेको भन्दै आगामी दिनमा समेत आपसी सहयोग आदान प्रदान गर्न तत्पर रहेको एसपी चतुर्वेदीले बताए ।