महोत्तरी २६ जेष्ठ 

मधेश टप: महाेत्तरीमा हिजो राति स्थानीयहरुले गाेरु चाेरलाई पक्राउ पारेका छन ।
साेनमा गाउँपालिका वडा ३ खखनामा गाेरु चाेरेर भागिरहेकाे अवस्थामा स्थानियहरुले चाेरलाई पक्राउ गरेको हाे ।

केहिदिन देखि प्रत्येक गाउँ टाेलमा चाेरीकाे बिगबिगि बढन थालेपछी स्थानियहरुले समानकाे सुरक्षा गर्न रातभरी जाग्राम बस्ने गरेका छन् ।

मंगलबार राती करिब १२ बजे अन्दाजी सम्सी गाउपलिक बस्ने २५ वर्षीय मोहम्द लविज नाम गरेका युवकले, सोनामा गाउपलिक वडा ३ खखना बस्ने बृजेश यादवको घरको ढोका खोली गाेरु लिएर भागी रहेकाे अवस्थामा स्थानीयहरु चोरलाई समात्न सफल भए।

गाेरु चाेर्ने युवकलाई स्थानियहरुले समातेर इलाका प्रहरी कार्यालय गौशालामा बुझाएकाे प्रहरी निरीक्षक विष्णु प्रदीप वस्याँलले जानकारी दिए ।