• नरेन्द्र महताे

मधेशटप डेस्क,

गाैशाला : प्राथमिक स्वास्थ्य केन्द्र सम्सीमा पाँच वर्ष देखि ईमरजेन्सी सेवा थप पालिका प्रमुख र प्राशसकिय अधिकृत कुभकर्णकाे निन्दमा – सेवा ग्राहि सेवा बाट बन्चित देशमा तिन तहकाे सरकार गठन भए पछि सरकारी कार्यालयहरुलाई जनताकाे सेवा सुविधाकाे लागि स्थानिय तहकाे सरकारलाई विशेष अधिकार दिएका छन जुन कि प्रदेश सरकारलाई पनि दिएकाे छैन तर यसकाे साेझै दुरुयाेग हुँदै अाईरहेकाे महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका अन्तर्गतकाे प्राथमिक स्वास्थ्य केन्द्र सम्सी हुन् ।

यस प्राथमिक स्वास्थ्य केन्द्रमा पाँच साल देखि ईमरजेन्सी सेवा थप भएकाे कारण सेवा ग्राहिहरुले अस्पताल अाउँन छाडेकाेले अस्पताल झिर्ण अवस्थामा पुगे पनि सम्सी गाउँपालिकाका प्रमुख तथा प्रशासकिय अधिकृत कुभकर्णकाे निन्दमा सुतेकाे स्थानियहरुकाे अाराेप छन । प्राथमिक स्वास्थ्य केन्द्र देखि सम्सी गाउँपालिकाकाे दुरि पाँच सय मिटरकाे रहेकाे भए पनि गाउँपालिकाअध्यक्ष शेख फारुक देखि लिएर प्रशासकिय अधिकृत माेहवुल अंसारी सम्म काेई हेर्न नअाएकाले स्थानिय तहकाे अाफैमा धज्जिया उडेकाे उनिहरुले बताएका छन ।

अधिकारकाे सदुपयाेग नगरेर पालिका प्रमुख देखि लिएर प्रशासकिय अधिकृत चरम लपरवाहि गरेकाेमा सेवा ग्राहिहरु अाक्राेसित भएका छन।

किन भने पाँच वर्ष देखि ईमरजेन्सी सेवा पुरै बन्द भएका छन ।यिनिहरुलाई जनताकाे काम भन्दा पाेजिसनकाे वढि ख्याल हुने गरेकाे छ एक दिन पद वाट तल झरियाे भने जनकपुर देखि लिएर काठमाडाै सम्म कुर्सीकाे लागि नेताहरु घर घरमा पुगेकाे हुन्छ तर गरीव जनता पाँच वर्ष देखि सेवा बाट बन्चित भए पनि कसैकाे अाँखा नगएका एक पिडितले अाक्राेसित भएर अाफ्नाे गुनासाे पाेखिन ।जव वार्षिक वजेट अाउँछ ठुल ठुला कुरा गर्छ तर यिनिहरु सयाै चाेटि असुवासन दिए पनि वाेलेकाे कुरा कुनै ख्याल उहाँहरुलाई नभएकाे उनिहरुले भने , गरीवकाे लागि अस्पताल हुन्छ धनिकाे लागि हाेईन।हामि गरीव हाै तर गरीव माथि अन्याय भएकाे छ तर कसैले वाेलेकाे छैन तर भागभण्डामा सवै जनप्रतिनिहरुकाे एकमत हुन्छ,चाहे नेपाली काँग्रेसकाे हाेस,नेकपा अथवा मधेशि दल किन नहाेस तर बनेकाे संस्था प्रति कसैकाे माया ममता नभएकाे स्पष्ट भएकाे छ ।

यहि प्राथमिक स्वास्थ्य केन्द्र थियाे जहाँ प्रति दिन सय भन्दा वढि सेवाग्राहिले सेवा लिन अाउने गरेकाे थियाे तर केहि राजनितिक गर्नेहरुकाे कुकर्म र व्यक्तिकाे निजि स्वार्थकाे कारण ईमरजेन्सी सेवा बन्द भयाे त्यसकाे असर प्रत्यक्ष रुपमा सेवाग्राहिहरुमा परेका स्थानियहरुले जनाएका छन। सय विरामिकाे ठाउँमा अहिले एउटा दुई चार वटा विरामीहरु अाईरहेकाे एक कर्मचारीले स्वीकार गरेका छन।

विरामिहरु किन अस्पताल अाउँन छाेडेकाे हाे भने प्रश्ननकाे उत्तरमा- दिनमा जाँच गराउन अाउने विरामिहरुलाई रातिमा केहि अप्ठायाराे पर्न गएमा ईमरजेन्सी बन्द भएकाे कारण विरामिहरुलाई संस्थाले सेवा दिन नसके पछि निजि अस्पतालहरुमा जान थाले पछि दिन प्रति दिन विरामिकाे संख्या घटदै रहेकाे कारण अहिले एकदुई जना विरामिहरु मात्र अाउने गरेकाे उनले बताए ।

अता PHC बाट एन्टिवायाेटिक प्रिसक्याप काेराेना भाईरसकाे कारण विरामीहरुलाई नदिए पछि उहाँहरु निजि क्लिनिक तथा अस्पतालहरुलाई जाँच गराउन जाँदा हाई एन्टिवायाेटिक दिंदा विरामिहरु छिटाे निकाे भए पनि पछि साईड ईफेक्ट कति हुन्छ उसकाे मतलव नराखि निजिमा जाँच गराउन जाँदा प्राथमिक स्वास्थ्य केन्द्रमा विरामिहरुकाे संख्यामा कमि अाएकाे प्राथमिक स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. असरफ अंसारीले स्पष्ट पारे ।

अर्काे तर्फ जनशक्तिकाे अभावकाे कारण ईमरजेन्सि बन्द भएकाे छ। ईमरजेन्सी चलाउनकाे लागि तिन वटा डा. काे अति अाबश्य भए पनि अहिले एउटा डा. मात्र रहेकाे उनले भने ।डा. काे दरवन्दि थप गर्नकाे गाउँपालिका लाई पटक पटक जानकारी गराएकाे अंसारीले जनाएका छन ।

यता यसका सम्वन्धमा मलाई कुनै जानकारी नभएकाे उप प्रमुख नगीना देवि यादवले बताईन तर गाउँपालिका प्रमुख शेख फारुक र प्राशसकिय अधिकृत माेहवुल अंसारीलाई पटक पटक सम्पर्क गरे पनि फाेन उठाउनु भएन ।