जनकपुरधाम २८ जेष्ठ  

मधेश टप: प्रदेश २ लोक सेवा आयोगले ल्याएको विज्ञापन प्रति प्रदेशकै कर्मचारीहरुले आपति जनक कुरा जनाएका छन् । बिहीबार सूचना जारी गर्दै आयोगले असार १६ गतेसम्मको समय तोकेर कर्मचारी नियुक्तिको लागि आवेदन खुला गरेको हो ।

प्रशासन, स्वास्थ्य र अन्य प्राविधिक विषयमा समेत खोलिएको आवेदनमा अप्राविधिकतर्फ अधिकृत ६ जना, स्वास्थ्यबाहेकको सेवातर्फ १२ जना र स्वास्थ्य सेवा तर्फ १० जनाको लागि विज्ञापन गरिएको हो ।

तर, समायोजन भएर आएका कर्मचारीहरु बढुवा खोलेर बाँकी सिटमा नयाँ भर्ना लिनुपर्ने भन्दै आयोगको विज्ञपन प्रति कर्मचारीहरुले आपति जनाएका हुन । उनीहरु भन्छन्–‘प्रदेश २ लोक सेवा आयोगको काम खुला सीट मात्रै खुलाउने हो कि ? समायोजीत कर्मचारीहरुले बढुवा नपाउने नै यो अग्रगामी सरकारको नीति हो कि ? कछुवाको गतिमा चल्दै गरेको प्रदेश २ लोक सेवा आयोग बेला नकुबेला सातौ तह इन्जिनियरको खुलाको सीट खुलाउदा बढुवा खोलेन । अहिले सैकडौ कर्मचारीको वृत्तिबिकास र भबिस्यसङ खेल्दै फेरि नबौ तहको बिज्ञापन गर्दा नि बढुवा खोलेन ।’

बढुवा नखोल्दा समायोजित कर्मचारीहरु भने अन्यौलमा परेको छ । उनीहरुको मनोमल कमजोर पार्ने हिसावको विज्ञापन भएको विज्ञहरु बताउँछन् ।