महोत्तरी २८ जेष्ठ : रामगोपालपुर नगरपालिकामा आज सरस्वती मन्दिरकाे शिलान्यास गरिएको छ ।

रामगोपालपुर नगरपालिका वडा नम्बर ८ टिकुलिया बजारमा स्थित रहेको आधारभूत बिधालयमा प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,रामगोपालपुर नगरपालिकाका नगर प्रमुख अशोक कुमार मंडल र नगर उपप्रमुख सिता देवी साहद्वारा संयूक्त रुपमा उक्त मन्दिरको शिलान्यास गरिएको होे ।

टिकुलियामा उक्त सरस्वती मन्दिर निर्माण हुन लागेको हो ।शिलान्यास कार्यक्रममा उक्त मन्दिर निर्माणकाे लागि सस्तर्क अनुदानको
बजेटबाट २० लाख रुपैया प्रदान गरेको प्रदेस २ का आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले बताए ।

शिलान्यास कार्यक्रममा वडा ८ का वडा राम विलास मण्डल ,वडा सदस्यहरु, जसपा पार्टीका नगर संयोजक रामबाबु मण्डल,शिक्षक र विभिन्न पार्टीका नेताकार्यकर्ता लगायत स्थानीयवासीको उपस्थिती रहेको थियो ।