मधेशटप डेस्क,

जनकपुरधाम :   (विश्व नै प्रभावित रहेको )कोरोना महामारीलको दोस्रो चरणमा त्रसित नेपाल र नेपाली जन्तालाई ब्लडको निकै अभाव भैरहेको बेला नेपाल ब्लड सर्विसले ब्लडको अभावमा सहयोग गरिरहेको छ ।

जनसंख्या वृद्धि ले गर्दा ब्लडको माग बमोजिम नेपाल रेडक्रस सोसाइटीले एकलै ब्लडको माग पुरागर्न नसकेको ले बिगत एक वर्ष देखि नेपाल ब्लड सर्विसले आवश्यकतामा रक्तदाताहरु उपलब्ध गराई ब्लडको अभाव पूरा गर्दै आइरहेको छ ।

यसै गरि गए राति एक अस्कत रोगीलाई रगत अति आवश्यक भएको शिरिपुर निवासी मन्तुतिया देवि लाई “ए” पोजेटिभ एक पिन्ट रक्त अति आवश्यक रहेको र रेडक्रसमा ए पोजेटिभको अभाव रहेकोमा सहयोगका लागी अपिल आएपछि नेपाल ब्लड सर्विसका सदस्य सतिश बस्नेतले रेडक्रसमा गइ ए पोजिटिभ रक्तदान गरि मन्तुतिया देविको ज्यान बचाउन सफल भएको पिडितका परिवारले बताएको हो ।

अहिले नेपालको ५ ओट जिल्लामा चलिरहेको यो कार्यक्रम उपचाररत मरिजलाई रक्त अभावको अवस्था हुन नदिन नेपाल ब्लड सर्विसका सदस्यहरु बेलाबेलामा रेडक्रसमा गइ सवेक्छाले रक्तदान गर्दै आएका हुन । उक्त सेवा नेपाल भरिनै पर्वाह गर्ने संस्थाका उदेश्य हो भन्ने जानकारी संस्थाको डाइरेक्टर रवि साह ले बताएको हो ।

साहले युवावर्गलाई अगाडि आएर रक्तदान गर्न समेत अनुरोध गरेको हो । साथै यहि जुन १४ मा मनाइने विश्व रक्तदान दिवसमा संस्थाका सदस्यहरुले आआफ्नो नजिक पर्ने रेडक्रसमा गइ रक्तदान गरि मनाइने बताएको हो ।