जनकपुर जेठ २८

मधेश टप: धनुषामा पोखरीमा डुबेर पाँच बालबालिकाको मृत्यु भएको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया ६ लक्ष्मपुरका पाँच बालबालिकाको आज पोखरीमा डुबेर मृत्यु भएको हो।
नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु पुर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी ठाकुर र उतिम साह तेलीकी १२ वर्षीया ललित साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अहिले गाँउ शोकमा डुबेको छ । प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरीरहेको जनाएको छ ।