मधेशटप डेस्क,

बीरगंज । सीमानाका बन्द रहेको बेला अबैध रूपमा भारत तर्फ स्याउकाे ठूलो तस्करी हुने गरेको उजागर भएको छ।प्रहरीको सेटिङमा सीमा नाका बन्द भए पनि तस्करी सुचारु रहेको प्रष्ट भएको हो ।

पर्साकाे नगवा भुटनदेवी मन्दिरको पछाडिबाट खुलेयाम स्याउकाे तस्करी भइरहेको छ। मन्दिर पाेष्ट वाइपासका असई अरूण कुमार बैठा र नगवाका सई गाैरीशंकर साहकाे मिलिमताे र सेटिङमा यसरी स्याउकाे ठूलो तस्करी भारत तर्फ हुदै अाएकाे छ। तस्करीको लाइन पाउनेहरूमा बाराकाे बलिरामपुरका सन्तोष साह, उमेश र चांनी भनेर चिनिने रहेका छन् । सन्तोषकाे एउटा समूह छ भने उमेश र चांनीकाे संयुक्त अर्को समूह रहेको छ।

यी व्यापारीहरूकाे गाेदाम नगवामा रहेको छ। यिनीहरूले १५ देखि २० वटा साइकलवालाहरू प्रयोग गरेर दैनिक एक साइकलले पाँच पटक सम्म स्याउ नेपालबाट भारतको सहदेवा पुर्याउदै अाएका छन् ।त्यसरी तस्करी गरेवापत १० केजी काटुनकाे २५० देखि ३०० र २० केजी काटुनकाे ४०० रूपैयाँ सम्म साइकलवालाले लिने गरेको खुलेको छ। सशस्त्र प्रहरीको हकमा भने डियुटीमा खटिनेलाई मिलाएर लैजाने गरेका छन् । प्रहरीको डिलिङ व्यापारीले गर्ने र क्यारिङ मात्रै साइकल मार्फत हुदै अाएकाे छ।