मधेशटप डेस्क,

जनकपुरधाम :  जनकपुरधाममा चटयाङ खस्दा दुई जना वच्चाको अवस्था गम्भीर भएको छ ।

जनकपुरधाम उपाहानगरपालिका वार्ड नं १ पुलचौक(दर्जी महल्ला) स्थित एक पिपलको बोटमा शुक्रवार चटयाङ खस्दा रुखको तल खेलीरहेका दुई जना बालकको अवस्था गम्भीर भएको हो ।

गम्भीर हुनेमा सोहि एरियाका १४ वर्षिय रेहान साफी र १३ वर्षिय मो.शाहिल साफी रहेको वताइएको छ ।

घाइतेहरुको जनकपुरधामको धनुषा अस्पतालमा उपचार भइरदा एक जना शाहिल साफीको अवस्था बढि गम्भीर भएपछि उनलाई रामजानकी अस्पतालमा रेफर गरिएकोे छ । चटयांग खस्दा दुवै बालक रुखको मुनी खेलीरहेको वताइएको छ ।