जनकपुरधाम २९ जेष्ठ 

मधेश टप: दाइले कम ल्याएको निहुँमा नवविवाहिता बेहुलीलाई कुटपिट गरि घाइते बनाउने श्रीमान् र ससुरा पक्राउ परेका छन्।

महात्तरीकी एक चेलीलाई सर्लाहीमा दाइजो नदिएको भन्दै कुटपिट गर्ने श्रीमान् र ससुरा पक्राउ परेका हुन् ।

सर्लाहीको हरिपुर्वा नगरपालिका–२ का श्रीमान् जोगनारायण साह र ससुरा अनुप साहलाई पक्राउ गरेको हो ।

गत वैशाख १३ गते महोत्तरीको सम्सी गाउँपालिका–६ की २१ वर्षीया अमृता साहको जातीय परम्परा अनुसार जोगनारायणसँग विवाह भएको थियो ।

तर, विवाहको केही समय नबित्दै अमृतालाई दाइजो नदिएको भन्दै श्रीमान् सहित घर परिवारका सदस्यले ज्यान मार्ने नियतले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

अमृताले दाइजो सम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दाको शीर्षकमा जाहेरी दिएपछि घटनामा संलग्न पीडितकाे श्रीमान् र ससुरालाई पक्राउ गरिएको प्रवक्ता कुँवरले बताए ।