जनकपुरधाम, जेठ २९ 

मधेश टप: घरको कुलदेवताको विषयमा विवादमा भाइको हत्या गरेको आरोपमा बाउ छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुराका रामचन्द्र साह र उनका छोरा मुकेश साह रहेका छन् ।

घटना पश्चात् फरार रहेका बुबा छोरालाई शनिबार बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रमुख (एसपी) दिनेश आचार्यले जानकारी दिए ।

गएको जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर  भाइ ४५ वर्षीय लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो।