मधेश टप
भक्तपुर, जेठ २९ गते: बागमतीको प्रदेशसभा बैठकमा कांग्रेस सांसद नरोत्तम बैद्यले माहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री के पी शर्मा ओलीलाई मार्ने षडयन्त्र बनाएकाे अभिव्यक्ति व्यक्त गर्दै, गान्धीका हत्यारा नाथुराम गोडसे बन्न तयार छु, भनेर प्रदेश सभामा खुल्लम खुल्ला बाेलेर अाफ्नाे अराजनीतिक र गैरजिम्मेवारी पन देखाएको विषयलाई लिएर भक्तपुर जिल्लाका अनेरास्ववियुमा अाबद्ध विद्यार्थीहरु दबाब सहितकाे शान्तिपूर्ण विरोध प्रदर्शनीमा उत्रिएका छन् ।
विद्यार्थीहरुले हातमा पाेस्टरहरु बाेक्दै राजनेता केपी अाेलीकाे सुरक्षाकाे लागि हामी वलिदान दिन तयार छाैं । गाँजा र मदिराको ताले शैलिमा अभिव्यक्ति दिने नराेत्तम बैध मुर्दावाद ।
प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने संसदलाई फैजदारी कानुन अनुसार कार्वाहीकाे माग । नराेत्तम बैध तिम्रो ठाउँ बागमती संसद भवन हाेईन, मानसिक अस्पताल हाे । उत्तेजित संसद नराेत्तम बैध, याैन उत्तेजना वढाउने भेग्रा खान बन्द गर ।
संयन्त्रको केन्द्र बुढानिलकण्ठ, त बन्दै छैन…?? नराेत्तम वैद्यकाे अभिव्यक्तिकाे अभिलाषा । प्रजातान्त्रिक धारमा विश्वास गर्ने तर वाणी चाँहि हत्याराकाे जस्तो नराेत्तम वैद्य मुर्दावाद ।
भन्ने जस्ता पाेस्टहरु बाेकेर उभिएका थिए, भने विराेध प्रदर्शन कार्यक्रमकाे नेतृत्व अनेरास्ववियु केन्द्रीय कमिटीका सदस्य दिपेश विसुन्केले गरेका थिए भने कार्यक्रममा केन्द्रीय सदस्य नवीन शर्मा, नगर सचिव श्रीकृष्ण थापा लगायत विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे जानकारी दिनु भयाे ।
Discussion about this post