मधेश टप जनकपुरधाम:

गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल चयन भएपछि प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बधाई दिएका छन् ।

नेपाली काँग्रेस पार्टीका मुख्यमन्त्री पोखरेललाई आज नयाँ मुख्यमन्त्रीको रुपमा चयन गरेपछि जनता समाजवादी पार्टीका प्रदेश २ का अध्यक्ष समेत रहेका यादवले उनलाई बधाई दिएका हुन् । बधाई दिँदै मन्त्री यादवले भने विधि विधान र सँविधानमा लेखिएको कुरालाई कसैले काट्न सक्दैन l

आइले देशमा सँघीयता खारेजीको लागि प्रदेशदेखि केन्द्रसम्म जुन तरिकाले षडयन्त्र नै षडयन्त्र भैरहेको छ यो कुनै पानी हालतमा जनताले स्वीकार्दैन उनले भने।

मन्त्री यादवले सँघीयता खारेजी गर्ने तत्वहरुले नव नियुक्त मुख्यमन्त्रीको पद तथा गोपनीयताको सपथपछि षडयन्त्रकारीहरु आफैँ पछि हटेको पनि बताएका छन् ।