मधेश टप

राैतहट जेठ ३० : काेराेना महामारी कोभीड़ १९काे कारण राैतहट सहित देशकै स्थिति भयावह रहेकाे छ । यस्ताे परिस्थितिमा सहयोगी हातहरुकाे खाँचाे रहेकाे वेला रेवची ग्रुप अफ कम्पनीज काठमाडौं (रेवची ईन्टरनेशनल प्रा.लि.)ले राैतहटकाे दुर्गाभगवती गाउँपालिकालाई सहयाेग गरेर उदाहरणीय कार्य गरेकाे छ ।

काेराेना बिरुधको लड़ाईमा मानवीय सहयोग स्वरूप राैतहटकाे दुर्गा भगवती गाउँपालिका निवासी राजाबाबुकाे नामले चिनिने धर्मेन्द्र कुमार झा रेवची ग्रुप ऑफ कम्पनीज काठमांडाैँकाे माध्यमले सहयोग हस्तान्तरण गर्नु भएको हाे ।

रेवची ग्रुप अफ कम्पनीज् काठमाडौंकाे प्रबंधन निर्देशक समेत रहनु भएका मनकारी राजाबाबूले पालिकालाई स्वास्थ्य समाग्री हस्तान्तरण गर्नु भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र गंगापिपरालाई ५ वटा ठुलाे अक्सिजन सिलिन्डर र एउटा अक्सिजन कन्सिट्रेटर र स्वास्थ्य चाैकी मत्सरीलाई पाँच वटा सानाे अक्सिजन सिलिन्डर र एउटा अक्सिजन कन्सिट्रेटर सहयाेग गरिएको छ ।

साथै आफ्नो गृह गाउँ दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीवासीहरुकाे लागि २० हजार मास्क र २४ सय डिटाैल हैंडवास साबुन सहयोग गर्नु भएको हाे ।

उक्त स्वास्थ्य सामाग्रीहरु दुर्गा भगवती गाउपालिकाका अध्यक्ष अरुण कुमार साह र दुर्गाभगवती गाउँपालिका वड़ा नं. 3 का वड़ा अध्यक्ष धर्मेंद्र कुमार झालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको मत्सरीका स्थानीय विनय कुमार झाले जानकारी दिनु भयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा राजाबाबुका दाइ प्रविण कुमार झा,गाउँपालिकाका अध्यक्ष प्रत्याशी शम्भु सिंह, सहित स्थानीय तथा राजनीतिक दलको प्रतिनिधिहरुकाे उपस्थितमा रहेकाे थियाे ।