• नरेन्द्र महताे

गाैशाला : मेहनत गरेर पैसा कमाएकाे रकम नपाए पछि काम गर्ने रुचि घटिदै गएकाे – नर्सिंग स्टापहरुकाे भनाई दिन रात काम गर्ने अ.न मि.हरुले अहिले सम्म नवजात तथा अामा सुरक्षा अन्तर्गतकाे प्राेत्साहन भत्ता नपाएकाेमा महाेत्तरी जिल्लाकाे प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका नर्सिगं स्टापहरुले गुनासाे गरेकी छिन  ।

अाज सम्ममा नर्सिंग स्टापहरुकाे९ लाख रुपैया जति पाउनु पर्ने तर नपाए पछि काम गर्ने रुचि घटदै गईरहेकाे छ ।

कार्यालय प्रमुखलाई पटक पटक जानकारी गराए पनि कुनै चासाे नलिएकाेमा असन्तुष्टि जनाईन।उक्त रकम अ.न.मि., स्वास्थ्यक्रमि लगायत कार्यालयकाे पैसा  बाँकि  रहेकाे  अ.न.मि. विन्दु साहले बताईन ।स्थानिय सरकार घरमा अाए पनि कर्मचारी देखि लिएर सर्वधारणहरु पनि खुशि छैन ।

यता अ.न.मि .हरुकाे रकम बाँकि रहेकाेले पटक पटक लिखित तथा मैखिक गाउँपालिकालाई जानकारी गराएकाे प्रमुख डा. असरफ अंसारीले जनाएका छन । मेराे जति अधिकार क्षेत्र छ त्याे भन्दा वढि काम गर्न नमिल्ने उनकाे तर्क छ तर यस सम्वन्धमा गाउँपालिका अध्यक्ष शेख फारुक तथा प्राशसकिय अधिकृत सँग  जानकारी लिन खाेज्दा उहाँहरु फाेन उठाउनु भएन ।