मधेश टप
महोत्तरी, जेठ ३१ : महोत्तरीको भंगहा नगरपालिकामा नागरिक आरोग्यता केन्द्र आजदेखि सञ्चालनमा आएको छ । भंगहा नगरपालिका- ५ सीतापुर बाजारमा स्थापना गरिएको आरोग्यता केन्द्रको आज सोमबार भंगहा नगरप्रमुख संजिव साह द्वारा एक समारोहबीच रिवन काटेर उदघाटन कार्य गरेका छन् ।

 

प्रदेश २ सरकारको समाजिक विकास मन्त्रालय अन्तर्गत जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रको शाखा कार्यालयको रुपमा आरोग्यता केन्द्र स्थापना गरिएको हो । आरोग्यता केन्द्रमा यस क्षेत्रका जनताले आयुर्वेद उपचर नि:शुल्क पाउनेछन् ।

No description available.