विसुन देव सरदार

सिराहा असार १ (मधेश टप): सिरहाको लक्ष्मीपुर-पतारी गाउँपालिका वडा नम्बर १ साविक पिप्रा प्र. ध. – ६ मा दुई वर्ष अगाडि स्वास्थ्य चौकी निर्माण भएको छ। चिया बेचेर कमाएको तीन करोड दान गर्ने विन्देश्वर साह हलवाई हुन्।

रामपुर चौकमा चिया पसल गरेर विन्देश्वर साह हलवाई दम्पतीले जेठो छोरालाई इन्जिनियरिङ र कान्छो छोरालाई आईएसी पढाउने मात्रै नभएर विभिन्न मठ मन्दिर बनाइदिएका छन ।
चिया बेचेर कमाएका पैसाले जग्गा खरिद गरेर २ वर्ष अगाडि करोडौं मुल्य बराबरको जमिन ( जग्गा ) मा स्वास्थ्य चौकी बनाउन दान गरेका हुन्। तर अहिले वहाँ बिचल्लीमा देखिएको छ। मानिस पृथ्वीमा हरेक किसिमका सपना बोकेर आउँछ ।
विन्देश्वर साह र शकुन्तला साह म जग्गा दिएर आफ्नै नामबाट अस्पताल बनाउँछु । तर राजनीतिक परिस्थिति र जनप्रतिनिधि मनबढोत्तरीका कारण जग्गादाता बनाई दिईएको वहाँको भनाइ रहेको छ।
सपना विपना परिण्त गराई दिईएको छ। यो सँगै विन्देश्वर साह हलवाई र उनको श्रीमती शकुन्तला साहले सात कठ्ठा जमिन दान गरेका हुन्। हलवाई दम्पतीले दिएको जग्गा २ वर्ष अगाडि सुविधा सम्पन्न स्वास्थ्य चौकी बनाइएको छ।
स्थानीय बासिन्दा गाउँमै राम्रो स्वास्थ्य सुविधा पाउने उदेश्यले जग्गा दान गरेका हुन। वहाँको चिया बेचेर १९ कठ्ठा जग्गा मध्ये ७ कठ्ठा दान गरेका हुन। यदि यो दम्पती ठुलो व्यपारी वा ठुलो नेता वा सेलिब्रेटी हुन्थे भने ; निसन्देह पनि उनको यो काम र उनीहरुको यो फोटो , पत्रपत्रिका , अनलाइन , सामाजिक सञ्चालनमा भईरल गराएर चाक्री दर्शाउन भिड देखिन्थे , तर चिया बेच्ने भएकाले यत्ति मनकारी यो दम्पतीलाई प्रोत्साहित गर्न हाम्रो समाज लजाउँछ।