नरेन्द्र महताे 

गाैशाला ३ असार: महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकमा वुधवार राति एक महीलाले अाफ्नै घरमा पासाे लगाएर अात्महत्या गरेकि छिन।

गाैशाला न. पा वडा ११ कालिपुर घर भएका राम विलास महताेकाे वुहारी ,प्रविण महताेकाे श्रीमति वर्ष २१ कि रींकु देवि महताे रहेकाे ईलाका प्रहरी कार्यालय गाैशालाका प्रहरी निरिक्षिक विष्णु प्रदिप बस्यालले जनाएका छन ।

मृत्यकाे पाेष्टमार्टमकाे लागि जिल्ला अस्पताल जलेशवर पठाईएकाे र मृत्यककाे वारेमा थप छानविन भईरहेकाे बस्याल जनाएका छन ।