मधेश टप
बिरगंज, असार ३ :

बारामा एक युवकको शव फालिएको फेला परेको छ । बिहीबार बिहान बाराको बिश्रामपुर गाउँपालिका-१  बरैनिया बजारनजिकै युवकको शव भेटिएको हो ।

रोडको छेउमा फेला परेको शव बिश्रामपुर- २ भरवलिया निवासी २६ वर्षीय भादो बैठाको रहेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

युवकको शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा तालिम प्राप्त कुकुरसहितको टोली पुगेर अनुसन्धान भइरहेको मिश्रले बताए । मृतक युवकको शरिरमा निलडाम देखिएकोले कसैले हत्या गरेर फालेको हुनसक्ने उनको आशंका छ ।

‘मृतकको शरिरमा कुटपिटको निलडाम देखिएको छ,कसैले हत्या गरेर फालेको पनि हुनसक्छ’,उनले भने,’हामी अहिले तालिम प्राप्त कुकुरसहितको टोलीसहित घटनास्थलमा अनुसन्धान गर्दैछौ ।’