नरेन्द्र महताे / गाैशाला

मधेश टप: महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न ५ स्थित निगाैल चाैक देखि मडहा पुल सम्म करिव १ किलाे मिटर सडक संघीय सरकार र निर्माण व्यसायि श्री तिरुपति वालाजी निर्माण सेवा विच ९२ लाख ५३ हजार ९०४ रु मा सम्झाैता भएका थिए।तर ठेकदारले सम्झाैता गरेकाे ३ एम एम गिट्टि प्रयाेग गर्ने तर सम्झाैता गरे पनि पहिलाे पटक सडकमा राखे पनि दाेस्राे पटक सम्झाैता विपरित जवरजस्ति ३ mm गिट्टि नराखि त्याे भन्दा कम र त्यसमा पनि गिट्टि, बालुवा मिसाएका प्रयाेग गर्न चाहेका छन ।

शुरुमा पनि कमर्सियल गिट्टि प्रयाेग गर्न चाहेकाे तर स्थानियहरु द्वारा विराेध भए पछि काम अवरुध भएका थिए । तर प्रदेश २ अर्थात यस क्षेत्रका सभासद माननिय भरत प्रसाद साहकाे राेहवरमा स्थानिय,सडक डिभिजन र ठेकेदारकाे विच पुःह सम्झाैता भए पनि ठेकेदारले कार्यवन्य नगरेकाे स्थानियहरुले अाराेप लगाएका छन ।

सडक बनाउनकाे १५/२० दिन देखि खसालिएकाे गिट्टि जथाभावि राखेकाेले अाउने जाने ठुलाे सवारि र सानाे सवारी साधनहरुलाई लगायत पैदल यात्रिहरुलाई निकै जाेखिम बेहाेर्नु परेकाे वडा न.५ का विनाेद साह र उपेन्द्र साह लगायत स्थानिहरुले गुनासाे गरेका छन यति मात्र हाेईन जुन सुकै वेला दुर्घटना हुने संभावना प्रवल रहेका छन ।

उता विशेष परस्थितिकाे कारण सडक बनाउने काम ढिलाे भए पनि अव अाउँदाे शनिवार ,अाईतवार देखि सुचारु हुने ठेकेदार जगदीस प्रसाद यादवले जनाएका छन ।