सप्तरी, असार ४ गते

मधेश टप:  सप्तरीमा बालिका सामूहिक बलात्कारका फरार अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिलाठी कोईलाडी गाउँपालिका ३ बस्ने जोगिन्द्र भनिने ओम प्रकाश मुखिया रहेका छन् ।

उनलाई सप्तरी प्रहरीले बुधबार राति उनकै गाउँबाट पत्राऊ गरेको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार ९ असोज २०६४ मा गाउँकै एक १० वर्षीया बालिका बाख्रा चरान गएको बेला सामुहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न रहेका मुखिया घटनाको बेलादेखि फरार रहेका थिए ।

सो घटनामा संलग्न आरोपीहरुलाई सप्तरी जिल्ला अदालत सप्तररीले ५ असार २०७५ मा जनही १३ बर्ष कैद फैसला गरेको थियो ।

पक्राउ परेका मुखियालाई बिहीबार नै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानको लागी कारागार कार्यालय सप्तरी पठाएको र अन्य फरार प्रतिवादीलाई खोजतलास गरिरहेको डीएसपी काफ्ले जानकारी दिए ।