मधेश टप
जनकपुरधाम, ४ असार : पानि जीवनको एउटा अहम भाग छ तर आजभोली त स्वक्ष् पानि पाउँन नि गाह्रो रहेको पनि देखिन्छ| यस्तै नै देखियो

धनुषाको ढल्केवरमा रहेको सूर्य दर्शन प्रशोधित पिउने पानीको सिल बन्द बोतलभित्र मरेको किरा र लेदो भेटिएको छ ।

ढल्केवरस्थित रोशन मिश्रले सञ्चालन गर्दै आएको जेनिसा होटलबाट एकजना ग्राहकले पानी किन्ने क्रममा पानीको बोतलभित्र मरेको किरा र लेदो भेटिएको हो ।

होटल सञ्चालक रोशनले प्रशोधित पिउने पानीको सिल बन्द बोतलभित्र मरेको किरा र लेदो भेटिएपछि खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय धनुषामा यसबारे जानकारी गराएको बताएका छन् ।

उक्त पानी प्रशोधन उद्योगका सञ्चालक रुदल साहले बोतल आफ्नै कम्पनीको भए पनि त्यसभित्रको पानी आफ्नो नरहेको दाबी गरेका छन् ।

उनले बोतल, सिल र लेवल परिवर्तन गर्ने थुप्रै प्रविधि रहेकोले कम्पनीलाई बदनाम गर्न कसैले यस्तो हर्कत गरेको हुनसक्ने बताए ।

धनुषामा आधा दर्जनभन्दा बढी पिउने पानीको उद्योग छ । तर, बारम्बार कुनै न कुनै समस्या पिउने पानीमा  देखिदै आएकाे छ ।

फोटो टुडेपाटि वाट