धनुषा । दुई नम्बर प्रदेश प्रहरी कार्यालयले प्रहरीको आचरण र बिभागकाे नीति निर्देशन बिपरित काम गर्ने केही प्रहरीलाई धनुषा स्थित दंगा नियन्त्रण प्रहरी गणमा काजमा तानेर थन्किएको छ।

डिअाइजीधिरज प्रताप सिहंले बिभागिय अाचरण विपरीत काम गर्ने केही सिपाही र हवल्दारलाई दंगा गणमा तानेकाे बताए । यसरी तानिनेमा हवल्दार दिलिप सिंह , पशुपति झा , पुष्पजंग कार्की र सिपाही नवराज खड्का रहेका छन् ।

हवल्दार सिंह धेरै पहिले देखि धेरै बदनाम र बिबादित प्रहरी हुन । बारा र पर्सामा लामो समय घुमुवा रहेका उनलाई तत्कालीन दुई नम्बर प्रदेशका डिअाइजी हरि पालले निलम्बन समेत गरेका थिए। निलम्बन फुकुवा भए पछि बाराकाे पथलैया चाैकीमा कार्यरत हवल्दार सिंहले फेरि रकम असुलीमा सक्रिय रहेको भेटिए पछि डिअाइजी सिंहले उनलाई दंगा गणमा थन्काएका हुन ।

त्यसैगरी हवल्दार झा र सिपाही खड्का लालगढ ट्राफिकबाट रकम असुली गरेको कारण तानिएका हुन भने हवल्दार कार्की लालवन्दी इलाका प्रहरी कार्यालयबाट यस्तै काण्डमा तानिएका हुन ।

तर यी तानिएका मात्रै हाेइन बारा , पर्सा र राैतहटमा अहिले पनि प्रदेश प्रहरीको नाममा असुली गर्ने प्रहरी भएको र तिनको उजुरी पर्दा पनि प्रदेशले कुनै सुनुवाइ र कारवाही नगरेको प्रहरीहरू नै बताउँछन् ।