मधेशटप डेस्क,

बीरगन्ज। मध्यतराईका बारा, पर्सा, रौतहटका बजारहरुमा अहिले विषादीयुक्त पदार्थ (कार्बाइट) मिसाएर पकाईएको आँपहरु खुलेआम बिक्री भईरहेको छ ।

बीरगन्ज लगायत बारा, पर्सा, रौतहटमा निषेधाज्ञा खुकुलो भएसँगै कार्बाईटले पकाईएको आँपहरु विक्री भईरहेको र यो स्वास्थ्यको लागी एकदमै हानिकारक रहेको चिकित्सकले बताएका छन् ।

बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने भएको कारण यस्ता आँप खान योग्य नरहेको डा. निरज सिंहले बताउनुभयो ।

यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाइएका आँपहरु अहिले बीरगन्ज लगायत बारा, पर्सा, र्रौतहटमा समेत प्रतिकिलो सय रुपैयाँ भन्दा माथि महँगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको आमउपभोक्ताहरुले बताएका छन् ।