मधेश टप डेस्क,

जनकपुरधाम । हिजो समाजीक संजाल र केहि ओनलाइनहरु ले प्रदेश २ का मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा राजिनामाको विषयमा आएको समाचार प्रती
गम्भीर आपत्ति जनाएका छन् । आफुले राजिनामा दिने मुडमा वा तयारीमा रहेको भनी आएको समाचार भ्रामक रहेको भन्दै उनले आपत्ति जनाएका
छ्न ।

केही सञ्चारमाध्यममा आएको समाचारको विषयमा उनले शनिवार विहान फेसबुक मार्फत प्रतिक्रिया सार्वजनिक गरेका छन् ।मुख्य न्यायाधिवक्ता झाले सामाजिक सञ्जालमा लेखेका छन् म राजिनामा दिने मुडमा वा तयारी आदि भ्रामक समाचार मैले कतिपय ठाउँमा हेरे, यस समबन्धमा मलाई कहीँ कतै कुनै जानकारी नभएको र कसैले सोधेको वा कुरा गरेको छैन, यसकारण यस्ता समाचार कसले कुन प्रयोजनकोलागि लेखे भन्ने कुरा आफूलाई जानकारी नभएकोले खण्डन गर्दछु ।

आफु काम विशेषले राजधानी काठमाण्डौमा रहेको जानकारी दिँदै उनले विहानै आफुले यस्तो भ्रामक समाचार हेरेपछि आश्चर्यचकित भएको बताए।