मधेश टप
राजविराज ५ असार: सशस्त्र प्रहरी बलका तर्फबाट हालको दुई नम्बर प्रदेशमा खटिएका डिअाइजीहरूमा राजु अर्याल र चन्द्रप्रकाश गाैतम मात्रै यस्ता दुई डिअाइजी हुन जसले घुमुवा परिचालन गरेर रकम उठाएनन, गण र बिअाेपीहरूबाट मासिक रकम असुलेनन र तस्करीको लाइन चलाएनन।
उनीहरूले घुमुवाहरूकाे सेटिङ र नेटवर्किङ ध्वस्त बनाए। हालका डिअाइजीले त मुख्यालयमा समन्वय गरि प्रदेशमा रहेका पुराना र बदनाम घुमुवाहरूकाे सरूवा समेत गर्न लगाए ।
तर पनि गणपति र बिअाेपी प्रमुखहरूले अहिले पनि घुमुवा राखेर रकम असुल्ने काम भने राेकिएकाे छैन । गणपति र बिअाेपी प्रमुखहरूकाे मात्र नभई डिअाइजीकाे समेत सरूवाकाे तयारी भइरहेको समयमा अहिले सप्तरीको विभिन्न नाकाबाट खुलेयाम तस्करी भैरहेको छ।घुमुवाहरूले गणपति र डिअाइजीकाे नाममा खुलेयाम रकम असुली गरिरहेका छन् ।
घुमुवाहरू गणबाट नै परिचालन गरिएका छन् । घुमुवाबाट डिअाइजीले रकम खाएकाे अहिलेसम्म सुनिएको छैन तथापि घुमुवाहरूले भने डिअाइजीकाे नाममा समेत रकम असुली भने गरिरहेका छन ।
घुमुवाहरूकाे सेटिङमा बिअाेपी तिलाठी क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा अरूण यादव कपडा , जयप्रकाश महत्ताे सूर्ति र माछा , विश्व महत्ताे रक्सी र अाैषधी , ललन मण्डल रक्सी र मटर , बिरेन्द्र साह किराना , बासु साह सूर्ति , प्रभानन्द मेहता कपडा , छाेटे साह कपडा , धनराज साह राजनिवास र रजनीगन्धा , रताे पण्डित रक्सी , ललिता मण्डलकाे महिला समूह कपडा र कारी यादव छन् ।
त्यसैगरी छिन्नामस्ता बिअाेपी क्षेत्रबाट घुमुवाकाे सेटिङमा तस्करीको लाइन पाउनेहरूमा रविरन्जन सिंह रक्सी , कपडा र किराना , फ्लाइट यादव किराना , मनाेज साह सूर्ति , माेहमद सदरूल किराना र मटर ,बिनाेद चाैधरी रक्सी र मिथलेश यादव रक्सी रहेका छन् ।
त्यसैगरी बिअाेपी बननियांकाे क्षेत्रबाट तस्करीको लाइन पाउनेहरूमा फटुर सिंह , शिवशंकर सिंह ,बिरेन्द्रले रक्सी ,अशोक यादव सूर्ति र सन्तोष यादव रांगाभैसी छन ।
तस्करीको सबै सेटिङ मिलाउने काम गणबाट खटिएका घुमुवाहरू सशस्त्र प्रहरी जवान मनाेज चाैधरी, शुर्दशन खड्का संजिव मण्डल र कमलेश यादवले गर्दै अाएका छन् । उनीहरूले रकमकाे लेनदेन सुनसान र एकान्त ठाउँमा गर्ने गर्दछन ।