मधेश टप 

जनकपुरधाम ६ असार: रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ ।

ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताए ।

सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर घाइते भएका सोही ठाउँका सञ्जीव लौगीको आइतबार मृत्यु भएको हो ।

उनका दाजु सुरेन्द्र लौगी घाइते भएका छन् । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।

दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको स्थानीय मिठु माझीले जानकारी दिए ।

करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् ।

मृतक लौगीको शव पोस्टमार्टमको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ ।