मधेश टप 

जनकपुरधाम ७ असार: हिमालपारिको जिल्ला मनाङको सदरमुकाम र माथिल्लो मनाङलाई जोड्ने पक्की पुलमा बाढीले रुखहरू ल्याएर थुपारेको तस्बिरमा देख्न सकिन्छ । बाढीले चामे गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा पुल भत्काउने खतरा बढेपछि त्यहाँ सशस्त्र प्रहरीका जवानहरूले ज्यानको पर्वाह नगरी मूढाहरु काटेर पन्छाउने प्रयास गरिरहेको देख्न सकिन्छ ।

बाढीले पुल थुनिएकाले त्यसलाई पन्छाउन आइतबार सशस्त्र प्रहरी बल नम्बर ३२ गुल्म मनाङको टोली त्यहाँ परिचालन भएको थियो । गुल्मपति होमनाथ पन्थीको नेतृत्वमा खटिएको टोलीले पुललाई जोगाएको हो ।

यस वर्ष मनसुनको सुरुवातसँगै सिन्धुपाल्चोकमा जस्तै मनाङमा पनि बाढीले ठूलो क्षति पु¥याएको छ । सिन्धुपाल्चोक काठमाडौंबाट नजिकै भएकाले त्यहाँका विवरणहरू मिडियामा आए पनि हिमाल पारिको जिल्ला मनाङ चाहिँ छायाँमा परेको छ । त्यहाँ भइरहेको क्षति र उद्धारका समाचारहरु खासै बाहिर आउन सकिरहेका छैनन् ।

यहाँ हामीले सशस्त्र प्रहरी बलले पुल जोगाउन गरेको प्रयाससम्बन्धी केहि तस्बिरहरु प्रस्तुत गरेका छौं –