नरेन्द्र महताे / गाैशाला

मधेश टप : रसायन हालेर पकाईएकाे अाँप महाेत्तरी जिल्लाकाे गाैशाला बजार लगायत अासपासमा रहेकाे वजारहरुमा खुलेअाम विक्रि वितरण भईरहेकाे छ।

रसायन हालेर पकाएकाे अाँप खाँदा विभिन्न किसिमकाे राेगहरुकाे सामना गर्नु पर्ने हुन सकिने स्वास्थ्यक्रमीहरु जानकारी दिएका छन।

तर अनुगमनकारी व्यवस्ता गरेकाेले किसान देखि लिएर अाँप व्यापारिहरु अाँपमा रसायन हालेर धमाधम विक्रि बितरण गरि रहेकाे छ।तर गाैशाला नगरपालिकामा अनुमन निकाय गठन भए पनि बजार अनुगमन नगरेकाेले हामिहरुलाई थाहा नभएकाे राम नगर,कान्तिवजार ,भाेरलेनिका, व्यापारी तथा किसानहरुले जनाएका छन।

अता रसायन नहाले पछि पाकेकाे अाँप वजार ल्याउँदा उपभाेक्ताहरुलाई मन नपारउने तर रसायन हालेर पकाएकाे अाँपकाे कलर अलि राम्राे हुने गरेकाेले विक्रि गर्न ल्याउँदा छिटाे विक्रि हुने गरेकाे व्यापारीहरु बताए ।

उपभाेक्ताहरुकाे हितकाे लागि उपभाेक्ता मंच गठन भए पनि उहाँहरुले पनि व्यवस्ता गरेकाेले रसायन वाला अाँप खान्न उपभाेक्ताहरु वाध्य रहेका छन।

उता नगरपालिकामा अनुगमन निकाय गठन भए पनि अाँपकाे सम्वन्धमा अनुगमन नगरेकाे नगर उप प्रमुख तथाअनुगमन निकायकाे संयाेजक अाशा लामाले जनाईन ।

रसायन वाला अाँप खाँदा स्वास्थ्यमा असर पुगने अाम उपभाेक्ताहरुलाई जानकारी भएकाे कारण अनुगमन गर्न नगएकाे हाे ।

तर जे हाेस उपभाेक्तहरुकाे स्वास्थ्यकाे वारेमा जानकारी गराई दिनु भएकाेमा तपाँईलाई धन्यवाद छ ,अव निकट भविष्यमा नै यस तर्फ अवश्य ध्यान दिने लामाले स्पष्ट पारिन्।