बिनोद मण्डल , मधेश टप 

आषाढ ७ असार :  पोखरीमा रुमलिएको कहाली लाग्दो बस्ती ।

घर घरमा सिंहदरवार नेपाललाई स्वजरल्याण्ड बनाइदिने प्रस्ताव ल्याउने नेता र मधेशको कथित विकासमा बजेट निकासा गर्ने तालुकदार निकाय अनि आफूलाई विकासको मार्गमा उभ्याउने चतुर भाषाक नेताहरुलाई यो दृश्यले के बताउँछ ?

यिनै सेरोफेरोमा रुमलिएका मधेशका बस्तीहरु वर्षा याम अगाडि पोखरी बन्दा स्थानिय सरकारको ध्यान कतातिर बजेट निकाशा भएकै होला , ईस्टीमेट बनेकै होला , उपभोग्ता समिति गठन गरिएको होला ।

निरीक्षणको जिम्मेवारी बहन भएकै होला भठिमा गएर आपसी विवादका कुराहरु मिलेतापनी पोखरी र जनताको सास्ती भने नछेकिनु वास्तविकता बाहिर आउनु हो । पटक पटक बाटोको लागि बजेट बिनीयोजन गरेर चुहाएर बाटो मर्मत नहुनु घृणित कार्य हो ।

जकाकपुर धामको उत्तरतिर पर्ने धनुषा जिल्लाको लक्षमिनिया गाउपलिका वडा नं १ सिनर्जोडा गाउँको मूल सडकमा पोखरी बन्दा बालबालिका डुब्ने संकेत र आवत जावतमा उत्पन्न कठिनाई पनि रिदयबिदारक भएको यो ठाउँ प्रदेश नं २ को कथित राजधानी शहर जनकपुरको ५ किलोमीटर उतरमा रहेको छ ।

हुनत यो ठाउँ पुर्व राष्ट्रपति रमबरण यादबको छिमेकी गाउँ पनि हो ।

राजनेताहरु आपसी विवादमा पर्दा स्थानिय जनताले सास्ती भोग्नु परेको न्यायोचित नभएकोले तत्काल सम्बन्धित निकायले तत्काल ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।