मधेशटप डेस्क,

पर्सा :  पर्सामा भुमि सुधार तथा मालपोत कार्यालय र नापी कार्यालय डेढ महिनापछि संचालनमा आएको छ ।

कोभिड–१९ संक्रमणको त्रासका कारण गत वैशाखको दोस्रो सातादेखि ती कार्यालयहरु पूर्ण रुपमा बन्द रहेकोमा आज सोमबार देखि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्दै कोभिड १९ को संक्रमण दर घट्दो रहेको भन्दै भीडभाड नहुने गरी कार्यालय सञ्चालनमा ल्याउन भनेको छ ।

जिल्लामा कोरोनाको संक्रमणको दर घट्दो क्रममा रहेको तथा जिल्लामा लामो समयदेखि जारी निषेधाज्ञाको प्रत्यक्ष असर व्यापार व्यवसायीमा परेको कुरालाई दृष्टिगत गरी बिहान १० बजे देखि साझ ५ बजे सम व्यापार व्यवसायलाई चलायमान बनाउन भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी जग्गा रजिष्ट्रेशन, बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा तथा दृष्टिबन्धक लगायतका कार्यहरु मालपोत कार्यालय र नापी कार्यालयहरुबाट सेवा आज सोमबार देखि सञ्चालनमा आएको छ।