जनकपुरधाम, असार: आज सिरहामा गुडिरहेको टिपरमा आगलागी भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका १० प्रयागपुरमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको ना १ क ५५५१ नम्बरको टिपरमा आगलागी भएको हो ।

उक्त टिपर बालुवा लोड गरि ढल्केबर तर्फबाट चोहर्वा जाँदै थियो ।

गुड्दै गरेको टिपरमा अचानक आगलागी भएपछि चालक हाम फालेर ज्यान जोगाएको स्थानीयबासिन्दाले जनाएका छन् ।

समयमा आगो निभावन नसकिँदा टिपर पूर्ण रुपले नष्ट भएको छ ।

बिच सडकमै जलेको टिपर हटाउन र घटना विषयमा अनुसन्धान गर्न प्रहरीको टोलि घटनास्थल पुगेको छ ।