जनकपुरधाम १० असार: जनकपुरधाम उपमहानगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । बिहीबार उपमहानगरको सातौँ नगरसभाबाट आगामी आर्थिक वर्षका लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजारको बजेट प्रस्तुत गरेको छ ।

उप–महानगरपालिकाका उप–मेयर रीता कुमारी झाले विहीवार प्रस्तुत गरेको बजेटमा कुल १ अर्व ४७ करोड ३० लाख ८३ हजार रकम बिनियोजन गरेको जनाएको छ ।

बिनियोजन मध्ये चालुखर्च ९८ करोड २०लाख ६० हजार र पुँजिगत तर्फ ४९ करोड ५० लाख २३ हजार बिनियोजन गरेको जानकारी दिएकी छिन् ।

उनले संघीय सरकारबाटसशर्त अनुदान बापत प्राप्त हुने रकम ५२ करोड ७० लाख र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान बापतको रकम १ करोड ५० लाख उल्लेखित खर्च शिर्षकमा नै खर्च गर्न विनियोजित गरेको जानकारी दिएकी छिन् ।

जनकपुरधाम उप–महानगरपालिकाले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट प्राप्त सर्शत अनुदान रकमका अतिरिक्त स्वास्थ्य तर्फ १ करोड ५० लाख बिनियोजन गरेको छ ।

त्यस्तै शिक्षा तथा खेलकुदको विकासको लागि संघीय सरकारको अनुदानका अतिरिक्त १ करोड बिनियोजन गरेको छ ।

त्यस्तै नगरस्तरिय बहुबर्षिय गौरबका योजनाहरु क्रमशः शहिद गेट निर्माण को लागि २ करोड ७० लाख, दिर्घीकासर पोखरी सौन्दर्यिकरणको लागि २ करोड ५० लाख, कपिलेश्वर पार्क उद्यानको लागि १ करोड ७० लाख, वडा नं.५को नमुना शहरको निर्माणका लागि १ करोड ५० लाख, भानुचोक स्थित सार्वजनिक सेवा प्रवाह भवन निर्माणको लागि २ करोड ५० लाख गरि कुल बहुवर्षिय योजनाको लागि १० करोड ९० लाख बिनियोजन गरेको छ ।

त्यस्तै वडा कार्यालयहरुलाई कार्यालय सञ्चालन तथा विविध खर्च स्वरुप एकमुष्ठ ९० लाख बिनियोजन गरेकोछ । नगरस्तरिय पूर्वाधार विकासका योजनाहरुको लागि ९ करोड ५० लाख बिनियोजन गरेकोछ ।

गंगासागर–धनुष सागर पैदल हेरिटेज मार्ग निर्माणको लागि ६० लाख रकम विनियोजन गरेको छ । नगर कार्यपालिकाको कार्यालयको भवण निर्माणको बांकी निर्माण कार्य सम्पन्न गर्न ५० लाख तथा लिफट जडान गर्न १ करोड२५ लाख गरी कुल १ करोड ७५ लाख रकम बिनियोजन गरेको छ ।

यस आर्थिक वर्षमा वडा नं.३, १३, १४, १६, २० र २५ वडा कार्यालयको कार्यालय भवन निर्माण कार्य सम्पन्न गरिएको जानकारी गराउंदै उप–मेयर झाले आगामी आर्थिक वर्षमा बांकी वडा कार्यालयहरुको भवन निर्माण तथा भैरहेका वडा कार्यालयहरुको भवन स्तर उन्नती गर्न १ करोड रकम बिनियोजन गरेको छ ।

यसबाट यस उपमहानगरपालिका कर्यापालिकाको कार्यालय र सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने कार्यै आगानमी आर्थिक वर्षमा सम्मपन्न भै सक्ने अनुमान गरिएको छ ।

नगरपालिकाको विभिन्न समपुरक कोषको लागि १ करोड रकम विनियोजन गरिएको छ । नगर ल्याण्डपुलिंग कार्यका लागि डि.पि.आर.तायर गर्न ७९ लाख रकम बिनियोजन गरेको छ । विनियोजन ऐनमा उल्लेख भएबमोजिम विभिन्न भौतिकपूर्वाधारमा निर्माणमा आवश्यक बजेट बिनियोजन गरेको छ ।

वडास्तरिय योजना सञ्चालनका लागि वडा नं.१ देखि २५ सम्मका लागि १५ लाख ६० हजार रकम बिनियोजन गरेको छ ।त्यस्तै जनकपुरधाम पर्यटन पर्वद्धन तथा विकास सम्बन्धित विविध कार्यक्रमको लागि लागि ५० लाख रकम विनियोजन गरेकोछ ।

छाडा गाई वस्तु नियन्त्रण एवम कान्जिहाउस व्यवस्थापनका लागि १० लाख रकम विनियोजन गरिएको छ । महिला यूवा, तथा दलित एवम विपन्न लक्षित शिप विकास तथा रोजगार प्रवद्र्धन सम्बन्धित विविध कार्यक्रमका लागि ५० लाख विनियोजन गरेकोछ ।

महिला, बालबालिका, जेष्ठनागरिक, सामाजिक विकास, लैंगिक सशक्तिकरण र सामासजक समावेशिकरणका लगि संघीय सरकार र सर्शत र विशेष अनुदान तथा प्रदेश सरकारको अनुदान रकमको अरिक्ति रकम बिनियोजन गरेको छ ।

कृषि क्षेत्रको विकास एवम कृषि व्यवसाय प्रर्वद्धनको लागि संघीय सरकार बाट प्राप्त अनुदानका अतिरिक्त बजेट बिनियोजन गरेकोछ । आगमी आर्थिक वर्ष देखि यस उपमहानगरपालिका भित्र डिपलोमा लेभलको प्राविधिक शिक्षालय सञ्चालन अनुमति प्राप्त गरी प्राविधिक शिक्षालय सञ्चालनका लागि ४० लाख रकम बिनियोजन गरेकोछ ।

महिला स्वास्थ्य स्वयम सेविकाले पुर्याउनु भएको योगदानको कदर गर्दै महिला स्वयमसेविकालाई वार्षिक पोशाक खर्च १० हजार र मासिकरुपमा प्राप्त गर्दे आएको यातायात खर्चमा ५०० सयको दरले वृद्धि गरी २० लाख १६ हजार बनियोजन गरेकोछ ।

उपप्रमुख सुरक्षित मातृत्व अभियान अन्तरगत वर्थिंग सेन्टरमा स्वास्थ्य उपकरण र औषधि खरिद गर्न १० लाख बिनियोजन गरिएको छ । आमा तथा नवजात शिशुको सवास्थ्य एवम पोषणको लागि सुनौला हजार दिन कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महिलाहरुको आंङ्ग खस्ने रोग नियन्त्रण कार्यका लागि समेत १० लाख विनियोजन गरिएको छ । उपप्रमुख जितिया पर्व मनाउने कार्यक्रमको लागि १ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।

नगर अन्तरगतका सामुदायिक विद्यालयहरुमा खानेपानी तथा स्वच्छता अभियान सञ्चालनका लागि १० लाख विनियोजन गरिएको छ । त्यस्तै पार्क तथा सघन वृक्षरोपन कार्याक्रमका लागि २५ लाख बिनियोजन गरिएको छ । प्रशासन तथा राजश्व शाखाको संस्थागत सवलीकरणको लागि २५ लाख बिनियोजन गरिएको छ । उपमहानगरपालिका अन्तरगत उतकृष्ट कार्यगर्ने कर्मचारीलाई पुरस्कृत गर्न १ लाख रकम विनियोजित गरिएको छ ।

त्यस्तै अन्र्तराष्ट्रिय महिला दिवस मनाउनका लागि १ लाख रकम विनियोजन गरिएको छ । श्रमजिवी पत्रकारहरुको विमा गर्ने व्यवस्था मिलाउन नेपाल पत्रकार महासंघ धनुषा शाखालाई ३ तीन लाख रकम विनियोजन गरिएको छ ।त्यस्तै यस उपमहानगरपालिका भित्रका सम्पूर्ण सञ्चार माध्यमलाई समनयिक ढंगले विज्ञापनको लोक क्लयाणकारी विज्ञापन उपलब्ध गराउन ३ तीन लाख रकम विनियोजन गरिएको छ ।

अत्यन्त न्यून शःुल्कमा गरिब एवम विपन्न वर्गका सन्तती लाई शिक्षा प्रदान गर्ने उद्देश्य रहेको समता सकुल जनकपुरधाम शाखालाई २ लाख रुपैयाँ उपलब्ध गराउन रकम विनियोजन गरिएको छ । त्यस्तै मानव सेवा आश्रम लगायत अशक्त , असहाय र अनाथ आश्रमका लागि सहयोग स्वरुप रकम उपलब्ध गराउन ५ लाख रकम विनियोजन गरिएको छ ।

वैदेशि रोजगार सम्बन्धी सामी परियोजना संग सहकार्य गरी वित्तिय साक्षरता र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहयोग गर्न ५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्राविधिक एवम भौतिक सहयोग आवश्यक पर्ने पुरक खर्चको व्यवस्थापन गर्न १० लाख विनियोजन गरिएको छ ।