पर्सा,११ असार 

मधेश टप: प्रदेश-२ को पर्सामा श्रीमान् घरमा नभएको मौकाछोपी एकजना महिलालाई जबरजस्ती करणी गर्न खोज्ने युवक पक्राउ परेका छन् ।

पक्राउ भएका पर्साको पटेर्वा सुगौली गाउँपालिका–१ बस्ने २५ वर्षीय सुरेन्द्र भन्ने अब्दुल्लाह अन्सारी छन् ।

अन्सारी गत सोमबार राति १२ बजेको समयमा सोही स्थानकी २० वर्षीया युवतीकाे सुत्ने काेठामा झ्यालबाट प्रवेश गरेकाे आराेप लागेकाे छ ।

युवतीका श्रीमान् कामको सिलसिलामा घरबाहिर रहेका बेला सुत्ने कोठाको झ्यालबाट प्रवेश गरी जबरजस्तीकरणी गर्न खोजेकाे भन्दै प्रहरीमा जाहेरी परेकाे थियाे ।

पीडित महिलाले जाहेरी दिएपछि अन्सारीलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनीविरुद्ध जबरजस्ती करणी उद्योग सम्बन्धी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान प्रकृया अगाडि बढाइएको उनले बताए ।