जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आगामी आर्थिक वर्षमा वडाको भावी कार्ययोजना सार्वजजनिक गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरसभामा वडा अध्यक्ष  साहले आगामी कार्ययोजना नगर सभामा पेश गर्नु अघि मधेश टप सङसंगै अझ संचारकर्मी  समक्ष पहिला  नै सार्वजनिक गर्नु परेको बताएका थिए ।

आगामी आर्थिक वर्षका लागि ७० लाखको बजेट सिलिंग पठाइएकोमा कोरोना संक्रमणबाट बच्नका लागि वडामा प्रत्येक परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण, वडामा ३० युनिटसम्म विद्युत खपत रहेको परिवारलाई विद्युत महशुल छुट, विपन्न परिवारलाई ग्यास चुल्हा तथा सिलिण्डर वितरण, सामुदायिक विद्यालयमा छात्र छात्राहरुलाई ट्रेकसुट वितरण, झुल वितरण, सडक निर्माण लगायतका कार्ययोजना सार्वजनिक गरेका हुन् ।

वडाध्यक्ष साहले यी  योजनाहरु आफूले नगरसभामा प्रस्तुत गर्ने बताए ।

त्यस्तै वडाध्यक्ष साहले नगरसभा प्रस्तुत गर्ने प्रस्तावहरुको विषयमा समेत जानकारी गराएका छन् ।

उनले नगरसभामा नगरसभा कार्यविधि संशोधन, नाला तथा बाटो सहितको नक्सा पास, सरसफाईका लागि थप ट्रैक्टर खरिद गर्ने, फोहर व्यवस्थापनका लागि लैण्ड फिल्ड साइटको व्यवस्थापन, गुठी जग्गाको संरक्षणका लागि छानविन समिति गठन, प्राथमिक तहमा मैथिली तथा संस्कृत शिक्षाको व्यवस्था लगायतका प्रस्तावहरु पेश गर्ने बताए ।

वडाध्ययक्ष साहले यी प्रस्तावहरु प्रत्येक नगरसभामा पेश गर्दै आएपनि सुनवाई नहुने भएकाले बाध्य भएर वडावासीलाई जानकारी गराउने उद्देश्यले यी प्रस्तावहरु संचारकर्मीहरु समक्ष पहिले नै पेश गरेको बताए ।