मधेश टप डेस्क 

जनकपुरधाम ११ असार: आज जनकपुरको बार्हबिघा नजिक एउटा फलफुल व्यवसायीलाइ उसको ठेलालाइ ट्राफिक प्रहरीले भुइँमै लडाए| जनकपुरमा फलफूल बेचेर गुजारा चलाउने एक व्यवसायीमाथि ट्राफिक प्रहरीले ज्यादती गरेका छन् ।

फलफुल भुइँमा फालेर ज्यादती गरेपछि स्थानीय व्यवसायीहरु ट्राफिक प्रहरीमाथि आक्रोशित भएका थिए ।

ज्यादती गरेका जानकी प्रहरीचोकीमा कार्यरत्त ट्राफिक जवानहरु थिए|

रामानन्दचोकदेखि हस्पिटल रोड हुँदै जानकी मन्दिर जानेबाटोमा प्रायः जाम हुने गर्छ । जनकपुरमा छाडाचौपायाले प्रयाः ट्राफिक अस्तव्यस्त हुन्छ । तर नियन्त्रणका लागि ट्राफिक प्रहरीले खासै चाँसो दिँदैनन् ।

तर ट्राफिक प्रहरी जवानहरु सो सडकमा ट्राफिक व्यवस्थपन गर्नुभन्दा रामानन्दचोकमा जम्मा भएर बिलबुक लाइसेन्स चेकको नाममा राजश्व संकलन गर्ने काममा बढी सक्रिय देखिन्छन् ।

कुनै कुनै बेला हस्पिटल रोडमा पुगेपछि व्यवसायीहरुलाई डराउने धम्काउने, गाली गर्ने जस्ता गतिविधि ट्राफिक प्रहरीले गर्ने गरेको व्यवसायीहरुको आरोप छ ।