मधेश टप

सर्लाही, असार ११ : सर्लाहीको त्रभिुवननगरबाट पेस्तोल बोकेको दुइ भारतीयलाइ सशस्त्र प्रहरीले पक्राउ गरेका छन्|

बोर्डर आउट पोष्ट (बीओपी) त्रभिुवननगरबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले ब्रह्मपुरी गाउँपालिका-४ त्रिभुवननगर शेखटोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको भलुवाहा ग्राम पन्चायत वडा नं. ११ बस्ने ४५ वर्षीय संजयकुमार भारती र पुरन्दाहा रजवाडा पश्चिम ग्राम पञ्चाय वडा नं. ५ लक्ष्मीपुर बस्ने ४० वर्षीय उमाशंकर महतो छन् ।

उनीहरुको साथबाट मेडइन इटाली लेखिएको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने दुई थान म्यागेजिन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बीआर ३० एन २०३४ नम्वरको मोटरसाइकलमा उनीहरुलाई शंका लागेर रोकी खानतलासी गर्दा झोलामा लुकाएर उक्त हतियार राखेको अवस्थामा बरामद गरेको छ ।

पक्राउ परेका दुवै भारतीयलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।